Menu बिहिवार, कार्तिक १३ गते २०७७

जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको 'हुन्छ खोसाखोस'

जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको 'हुन्छ खोसाखोस'

जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको 'हुन्छ खोसाखोस'

काठमाडौं । टिकटकबाट चर्चामा आउन सफल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत 'हुन्छ खोसाखोस' सार्वजनिक भएको छ। भिडिओमा मन्जिल बस्नेत र सागर लम्सालले साथ दिएका छन्।

सार्वजनिक गीतमा गायकद्वय नेत्र भण्डारी र अस्मिता अधिकारीको स्वर छ। गीतमा सुनिल बिसीको शब्द, सन्तोष सुनारको संगीत र रिकेश गुरूङको एरेन्ज सुन्न सकिन्छ।

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडिओलाई राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

भिडिओमा राम कुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ। गीतलाई राजन नेपालले निर्माण गरेका हुन्।

प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ११:०९:२१ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology