Menu आइतवार, कार्तिक ९ गते २०७७

शेयर बजारमा एकैदिन ४ अर्ब १८ करोडको कारोबार

शेयर बजारमा एकैदिन ४ अर्ब १८ करोडको कारोबार

शेयर बजारमा एकैदिन ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा आज एकैदिन ४ अर्ब १८ करोड रुपैयाँको किनबेच भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज दिनभर कूल ९६ लाख ६८ हजार कित्ता शेयरको कारोबार भएको थियो।

बजार सूचक भने आज २५.५८ ले बढेर १५१०.६६ विन्दुमा पुगेको छ। बजार खुल्दा १४९१ बाट सुरु भएको सूचक १५१९ सम्म पुगेको थियो।

रकमको आधारमा आजको कारोबार दोस्रो ठूलो हो। यसअघि २०७६ फागुनमा भएको थियो।

निषेधाज्ञाकै बीचमा खुलेको बजारमा पछिल्लो समय उत्साह देखिएको छ। मन्त्रिपरिषद हेरफेर र त्यसमा अर्थमन्त्रीकोबारेमा चलाइएको हल्लालाई शेयरबजारसँग जोड्ने गरिएको पनि छ।

यद्यपी अन्य लगानीका उपायाहरु ठप्प हुँदा शेयरबजारमा आकर्षित भएको हुनसक्ने अनुमान पनि गरिएका छन्।

आज बजारमा बीमा क्षेत्र बाहेक सबैको सूचक उकालो लागेको थियो। जीवन बीमा र निर्जिवन दुबै समूहको सूचक घटेको छ।

आजको कारोबारसँगै कूल बजार पुँजीकरण १९ खर्ब ९८ अर्ब पुगेको छ।

प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १८:१७:२४ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology