Menu मंगलवार, कार्तिक ४ गते २०७७

सुरेश रैना आईपीएलका लागि यूएई फर्किन सक्ने

सुरेश रैना आईपीएलका लागि यूएई फर्किन सक्ने

सुरेश रैना आईपीएलका लागि यूएई फर्किन सक्ने

एजेन्सी । सुरेश रैनाले आईपीएलका लागि चेन्‍नई सुपरकिंग्सको प्रशिक्षणमा फर्किने सक्ने बताएका छन् । उनले क्रिकबजसँगको अन्तर्वार्तामा चेन्‍नईको प्रशिक्षण क्याम्पमा सहभागी हुन सक्ने बताएका हुन् ।

उनले टोलीमा फर्किन १२.५ करोड रुपैयाँको कारण पनि हुन सक्ने बताएका छन् । रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि आईपीएलमा चेन्‍नईका लागि अझै चार-पाँच वर्ष खेल्न चाहेको बताएका छन् ।

“मेरो परिवारको चिन्ता मलाई छ । मैले २० दिनदेखि आफ्नो बच्चलाई पनि देखेको छैन । किनभने म घर फर्किएपछि पनि क्‍वारेन्टिनमा छु । पठानकोटमा भएको घटनाले मलाई निकै त्रसित पारेको थियो,” रैनाले भने, “मेरो जिम्मवारी हो कि म आएर उनीहरुसँग दु:ख साट्न सकुँ र उनीहरुको हेरचाह गरुँ । तर, अहिले सम्भव रहेन ।” 

रैनाले चेन्‍नईका कोरोना संक्रमित भएका केही सदस्यहरु छिटै सामान्य अवस्थामा फर्किनेमा विश्वस्त रहेको पनि बताए । हाल भारतमा रहेका रैनाले कुनै वार्तालापविना टोलीमा फर्किन चोहेको बताएका छन् ।
 

प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १५:३८:४९ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology