Menu आइतवार, कार्तिक ९ गते २०७७

काठमाडौं मेडिकल कलेजले २५९९ मै पीसीआर परीक्षण गर्ने 

काठमाडौं मेडिकल कलेजले २५९९ मै पीसीआर परीक्षण गर्ने 

काठमाडौं मेडिकल कलेजले २५९९ मै पीसीआर परीक्षण गर्ने 

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले  पीसीआर परीक्षण दुई हजार ५९९ मै गर्ने भएको छ । आइतबार बसेको अस्पताल सञ्‍चालन समितिको बैठकले दुई हजार ५९९ मै कोरोना परीक्षण भदौं २२ गतेबाट गर्ने निर्णय गरेको हो । 

अस्पतालका अध्यक्ष डा. सुनिल शर्माले संस्थागत रुपमा कोरोना परीक्षण गर्न चाहेमा दुई हजार ४९९ र व्यक्तिगत स्वइच्छा कोरोना परीक्षण गर्न चाहेमा दुई हजार ५९९ मै गरिने जानकारी दिए । उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पीसीआरको परीक्षण शुल्क घटाइएको हो । 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढेको हुँदा धेरै व्यक्तिहरु पीसीआर आफू खुसी गर्न चाहिरहेका छन् । तर, महँगो शुल्क तिर्न समस्या भएकाहरुलाई यसले केही राहत दिने उनी बताउँछन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पीसीआर परीक्षण गर्न चार हजार ४०० तोकेको छ । जुन सोही अस्पतालमा प्रयोगशाला भएमा चार हजार रुपैयाँ र अन्य प्रयोगशालामा स्वाब लगेर परीक्षण गर्दा थप चार सय रुपैयाँ  लिन पाउने निर्णय गरेको छ । 

प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - २१:१४:०५ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology