Menu मंगलवार, कार्तिक ४ गते २०७७

७० करोड युरोको बन्धनमा मेस्सी

७० करोड युरोको बन्धनमा मेस्सी

७० करोड युरोको बन्धनमा मेस्सी

लण्डन । लियोनल मेस्सीले अन्तत बार्सिलोना नछाड्ने भएका छन् । ३३ वर्षीय मेस्सी विगत २० वर्षदेखि क्याटलान क्लबमा आबद्ध छन् र १६ वर्षदेखि माथिल्लो डिभिजनमा खेलिरहेका छन् । गत अगस्टमा उनले क्लब छाड्ने इच्छा व्यक्त गर्दै व्यवस्थापनलाई यसको जानकारी दिएका थिए । तर अहिले आफ्नै निर्णयमा ‘बाध्यात्मक’ रुपमा उनी युूटर्न भएका छन् । अब चाडैँ उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा ट्रेनिङ सुरु गर्नेछन् । मेस्सीले नचाहनुको कारण यसरी गोल डटकमसँगको यसरी शेयर गरेका छन् ।

छोरासहित पुरै परिवार रोयो
जब मेस्सीले क्लब छाड्ने विषयमा श्रीमती र परिवारसँग कुराकानी गरे । तब निकै कठिन अवस्था निम्तियो । ‘पुरै परिवार रुन थाल्यो । मेरा छोराहरु बार्सिलोना छाड्न चाहन्नन् । उनीहरु स्कुल फेर्न चाहँदैनन् । तर मैले निके टाढाको सोचेको थिएँ । म माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छु । म च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न र उपाधि जित्न चाहन्छु । तपाईंले हार्न वा जित्न सक्नुहुन्छ । तर प्रतिस्पर्धा गर्नैपर्छ । हामी रोम, लिभरपुल वा लिस्बनमा जस्तै सहजै हार्न हँुदैन । यी सबै कुराले मलाई यो निर्णय लिनका लागि सोच्न बाध्य गराएको थियो ।’

मेस्सीले आफ्ना छोरा थिएगोसँगको हृदयविदारक संवाद पनि गोल डटकमसँग शेयर गरेका छन् । उनले कठिन अवस्थामा पनि सधंै आफुसँगै रहने श्रीमती एन्टोनेल्लाको प्रशंसा गरेका छन् । ‘माटियो अझै धेरै सानो छ र उसले अन्यत्र जानुुको अर्थ महसुस गर्न सक्दैन । थिएगो केही बुुझ्ने भइसकेको छ । टिभी हेरेपछि उनले मलाई केही सोध्यो ? मैले बार्सिलोना छाड्न बाध्य बनाइएको विषयमा केही बोल्न चाहिनँ ।’ मेस्सी भन्छन्, ‘उसले रुँदै बार्सिलोना बाहिर जान्न भन्यो । म फेरि भन्छु, यो निकै गाह्रो थियो । मसँग के भएको थियो भनेर बुुझ्न गाह्रो छ । यो निकै गाह्रो निर्णय थियो । मलाई थाहा छ बार्सिलोनाभन्दा राम्रो ठाउँ मैले पाउनेछैन ।’

नयाँ चुनौती आत्मसात् गर्ने मेस्सीको महत्वकांक्षामा अन्तिममा बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ बाधक बनेका हुन् । ‘मलाई लागेको थियो र ढुुक्क थिएँ कि म छाड्नका लागि स्वतन्त्र छु । अध्यक्षले सधैं भनेका थिए कि सिजनको अन्त्यमा बस्ने वा छाडन् भनेर निर्णय लिनसक्ने स्वतन्त्रता मलाई छ । तर, उनले बोली फेरे । मैले पनि बार्सिलोनाविरुद्ध अदालत जानेबारे सोच्नै सकिनँ ।’

प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - २१:१९:२१ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology