Menu मंगलवार, कार्तिक ४ गते २०७७

भर्चुअल बैठक मार्फत् निषेधाज्ञाको समीक्षा हुँदै

भर्चुअल बैठक मार्फत् निषेधाज्ञाको समीक्षा हुँदै

भर्चुअल बैठक मार्फत् निषेधाज्ञाको समीक्षा हुँदै

काठमाडौँ । बुधबार रातिसम्म लम्ब्याइएको उपत्यकामा जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक आज बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने बताए ।

दाहालका अनुसार उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिँदैछ । यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।

ललितपुरका सीडीओ नारायणप्रसाद भट्टले यसअघि संसदीय समितिमा दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने बताएका थिए ।

 

प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १०:४९:१३ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology