Menu मंगलवार, कार्तिक ४ गते २०७७

पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थपिएका छन् ।

योसहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १७:१३:३९ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology