Menu आइतवार, कार्तिक ९ गते २०७७

प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श

प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श

प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन्।

मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकहरूको विशेष योगदान हुने बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीले भने, ‘कोभिड- १९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडिओलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ। यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ।’

उक्त अवसरमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका उपस्थित थिए।

उनीहरूले प्रधानमन्त्रीसमक्ष अहिलेको अवस्थामा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए।

प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १९:२०:४६ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology