Menu आइतवार, कार्तिक ९ गते २०७७

रियालाई बुधबार अदालतमा उपस्थित गराइने 

रियालाई बुधबार अदालतमा उपस्थित गराइने 

रियालाई बुधबार अदालतमा उपस्थित गराइने 

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकणकी मुख्य आरोपित अभिनेत्री रिया चक्रवर्ती प्रकाउ परेकी छिन् । उनलाई एनसीबीले धारा ८(सी), २७(ए), २९, २०(बी) अन्तर्गत मंगलबार नियन्त्रणमा लिएको हो । 

उनलनई ९ सेप्टेम्बर बुधबार अदालतमा उपस्थित गराइने भएको छ । रियालाई एनसीबीले सुशान्तको मृत्यु प्रकरणमा नभइ ड्रग्सको मामिलामा पक्राउ गरेको हो । 

सोही दिन 'ड्रग्स मामिला'मा नै एनसीबीको नियन्त्रणमा रहेका रियाका भाइ सोविक चक्रवर्ती र सुशान्तका अपार्टमेन्ट म्यानेजर सम्युएल मिरान्तडा र सुशान्तको घरका कामदार दिपेश सावन्तलाई पनि अदालतमा पेश गरिने छ । 

रियालाई ड्रग्स सेवन र ओसारपसारमा संलग्‍न भएको आरोपमा ६७, एनडीपीएस ऐनअन्तर्गत पक्राउ गरेको हो । एनसीबीले सुशान्तको मृत्युको मुद्दामा भन्दा पनि ड्रग्सको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

योसँगै रियालाई मेडिकल परीक्षणका लागि सायन अस्पताल लगिएको छ । त्यहाँ उनको कोरोनाको परिक्षण पनि गराइएको छ ।

एनसीबीको लगातार ३ दिनको सोधपुछमा रियाले तेस्रो दिन मंगलबार आफूले पनि सुशान्तको करकापमा गाँजा तानेको स्वीकार गरेकी छन् । साथै उनले बलिउडका २५ कलाकारको नाम पनि एनसीबीलाई बताएकी छन् ।

बुधबार हुने अदालतको कारवाही भिडियो कन्फरेन्समार्फत हुनेछ ।  - नवभारत टाइम्स

प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - २१:०६:१९ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology